हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं– ६, बैदाम नारेश्वरमा अवस्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापना दिवस वडास्तरी सरसफाई गरी मनाएको छ ।
सहकारीले शनिबार आफ्नो १५ औ स्थापना दिवशको अबसर पारेर सामाजिक उत्तरदायित्व अन्र्तरगत “हाम्रो पोखरा सफा बैदाम” भन्ने मूलनारालाई सार्थक बनाउन उक्त कार्यक्रमको आयोजना गरेको हो ।
पोखरा महानगर पालिका वडा नं— ६ बैदाममा रहेका १७ वटा आमा समुहहरुको सहभागितामा बैदाम क्षेत्रको सत्रौ स्थान बाट एक साथ सुरु गरि सरसफाई अभियान थालिएको थियो । सफाई अभियानमा ८० बोरा नकुहिने पलास्टीक जन्य फोहोर संकलन गरिएको संस्थाका सचिब सुन्दरराज पहारीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीका सदस्यहरु सहित आमा समुहहरु गरि करिब १ सय ५० जनाको वृहत सहभागितामा उक्त फोहरा संकलन गरिको थियो । पोखरा महानगर पालिका फोहोर ब्यबस्थापन समिति सग समन्वय गरि उक्त पोखरालाई ब्यब्स्थापन गरिएको लेखा समितिका सदस्य हेडम्बराज अधिकारीले बताउनुभयो ।
सफाई अभियानको उद्घाटन गर्दै पोखरा महानगर पालिका वडा नंं– ६ का अध्यक्ष विष्णु बहादुर भट्टराईले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको सरसफाईमा सबै संघसंस्था लाग्न पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“हाम्रो पोखरा सफा बैदाम” भन्ने नारालाई सफल बनाउन स्थानिय सघ सस्थाहरु सग हातेमालो गर्दै महानगर पालिका अगाडी बढने प्रतिवद्धता हामीले सबैले गर्नुपर्दछ ।”
संस्थाका अध्यक्ष सूर्यनाथ पहारीले सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले बिभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो । अध्यक्ष पहारीले सामाजिक कार्यलाई संस्थाले आगमी दिनमा पनि निरन्तरता योजना रहेको उल्लेख गर्नुभयो ।
२०६५ सालमा स्थापना भएको सहकारीमा ९ करोड ४० लाख शेयर पुजि रहेको छ । ४२ करोड रुपैया भन्दा माथि लगानि रहेको सहकारीमा तरलता प्रतिशत २५ प्रतिशत रहेको छ । खुला सदस्य निति अनुरुप हालसम्म ३ सय ७२ जना शेयर सदस्य रहेका छन ।