पोखरामा निर्माणाधीन घरको पाँचौ तलाबाट खसेर इन्जिनियरको मृत्यु

हिमाली आवाज । पोखरामा निर्माणाधीन घरको पाँचौ तलाबाट खसेर इन्जिनियरको मृत्यु भएको छ ।

लेक साइडस्थित चिनीमाया भण्डारीको निर्माण भइरहेको घरमा लिफ्ट राख्ने ठाउँबाट खसेर इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । सोलार चेकजाँच गर्ने क्रममा अचानक चिप्लिएर खसेका भट्टराईको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

भट्टराई न्युरोडस्थित मुक्ति इनर्जीमा कार्यरत हुनुहुन्थ्यो । उहाँको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

Comments
Loading...