आहा ! रारा पोखरा गोल्डकप:पुलिसलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

हिमाली आवाज । लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३ औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबलको प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाउन सफल भयो ।

चर्च ब्वाइजको जितमा खेलको ७३ औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गर्नुभयो । पेनाल्टी क्षेत्रमा पुलिसका रक्षकलाई छक्काउँदै गोलकिपर शत्रुधन चौधरी अगाडि बढेको मौकामा तामाङले खाली पोष्टमा बललाई जाली चुमाउनुभयो । तामाङ खेलको म्यान अफ दी म्याच घोषित हुँदै रु १० हजार पुरस्कार पाउनुभयो ।

पहिलो हाफको खेलमा दुबैटोलीले रक्षात्मक खेल खेलका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले निरन्तर विपक्षीको पोष्टमा आक्रमण बुनेको थियो । पुलिस क्लबले पनि बराबरीका केही मौका सदुपयोग गर्न सकेन ।पुलिसलाई पराजित गरेको चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

नेपाल पुलिस क्लबले क्वाटरफाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ माथि जित निकाल्दै क्वाटरफाइनलमा पुगेको हो । चर्च ब्वाइजले भने सिधै क्वाटरटफाइनलमा स्थान पायो ।

नेपाल पुलिस क्लब आहा राराको सचर्च ब्वाइज अघिल्लो संस्करणदेखी आहा रारामा सहभागिता जनाएको थियो । अघिल्लो पटक प्रिक्वाटर फाइनलमा यी दुई टोली भिडेका थिए । त्यसबेला पनि चर्च ब्वाइजले २–१ ले खेल जितेको थियो । चर्च ब्वाइज अघिल्लो संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भयो । नेपाल पुलिस क्लब भने आहा राराको सफल टोली । पुलिसले क्याराभान गोल्डकप सहित हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगिता अन्तर्गत बुधबार सेमिफाइनलको पहिलो खेल थ्रिस्टार क्लब र जावालखेल क्लबकाबीच सञ्चालन हुने आयोजक सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिनुभयो । यही माघ ९ गतेदेखी सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् ।यसैगरी उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

Comments
Loading...