हिमाली आवाज । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकलाई दुःख दिएको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार राति लेकसाईड स्थित हल्लनचोक एरियामा पर्यकटहरुलाई दुःख हैरानी दिने, बाटो छेक्ने, निजहरुको व्याग तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने तथा सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्यहरु गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको जनाउको छ ।
पक्राउ पर्नेहरुमा लेकसाईड बस्ने वर्ष २२ को सुदिप अर्याल, वर्ष २६ को संदिप गिरी, वर्ष १९ को सुमन शर्मा, वर्ष २० को नेत्र बहादुर प्रधान, वर्ष २३ का सुशिल महतो र २६ वर्षीय राजन पौडेल रहेका छन् । पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।