त्रिभुवन आर्मी आहा!रारा पोखरा गोल्डकपको फाइनलमा

हिमाली आवाज । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी राट्रिय तथा अन्तर्राष्टिय« अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ ।

पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा आज सम्पन्न दोस्रो सेमिफाइनलको खेलमा चर्च ब्वाइज युनाइटेड क्लबमाथि अतिरिक्त समयमा २–१ गोलको कठिन जित निकाल्दै आर्मी उपाधि नजिक पुगेको हो ।

नियमित समयमा दुबै टोलीबाट एक÷एक गोलको बराबरीपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा आर्मीले निर्णायक गोल गर्दै चर्च ब्वाइजलाई हराउन सफल भयो ।

पहिलो हाफको खेलमा दुबै टोलीले गोल रहित बराबरी खेले । खेलको ६१ औँ मिनेटमा आर्मीका दिनेश हेमजनले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो ।

पेनाल्टीबक्स बाहिरबाट दिनेशको प्रहारले सिधै जाली चुमेको थियो । चर्च ब्वाइजका सन्तोष खत्रीले दिनेषलाई लडाएपछि आर्मीले फ्रिकिक पाएको थियो । त्यसमा हेमजनले कुनै गल्ती नगरिकन बललाई पोष्टको दिशा दिन सफल हुनुभयो ।

खेलमापछि परेको चर्च ब्वाइजले ८३ औँ मिनेटमा समिर तामाङको गोलमार्फत खेलमा फर्किन सफल भयो । मैदानको मध्यभागबाट प्राप्त बललाई नियन्त्रणमा लिँदै विपक्षी रक्षकलाई छक्काएर तामाङले बराबरी गोल गर्नुभएको थियो ।

खेलको ९९ औँ मिनेटमा आर्मीका रशबहादुर मगरले निर्णायक गोल गर्दै टोलीलाई प्रतियोगिताको फाइनल पु¥याउनुभयो । आर्मीले अब माघ २० गते प्रतियोगिताको उपाधिका लागि थ्रिस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको च्याम्पियन टोलीले रु १२ लाख एक हजार नगद सहित ट्रफी पुरस्कार प्राप्त गर्नेछन् । उपविजेता टोलीले रु छ लाख एक हजार नगद सहित ट्रफी प्रदान गरिने क्लबले जनाएको छ ।

यसैगरी विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजारका दरले पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछन् । प्रतियोगितामा एक विदेशी सहित १२ टोलीको सहभागिता थियो ।

Comments
Loading...