गण्डकी प्रदेशमा एग्रिकल्चर प्रोफेसनल सोसाइटी गठन, संयोजकमा अर्जुनदेव ज्ञवाली

हिमाली आवाज । गण्डकी प्रदेशमा रहेका कृषिका विशेषज्ञ र प्राविधिकहरू संगठित बनेका छन् । पोखरामा आज सम्पन्न कृषि क्षेत्रमा कार्यरत विशेषज्ञ र प्राविधिकहरुको भेलाले गैर राजनीतिक संस्थाको रुपमा एग्रिकल्चर प्रोफेसनल सोसाइटी (एप्रोस) गठन गरेको हो ।

नवगठित सात सदस्सीय तदर्थ समितिको संयोजकमा अर्जुनदेव ज्ञवाली सर्वसम्मत चयन हुनुभयो । समितिका अन्य सदस्यहरुमा ज्योती क्षेत्री, नारायण प्रसाद पाठक, पवन थापा मगर, विनोद शर्मा, मिलन आचार्य र प्रकाश बस्नेत रहनुभएको छ ।

कृषि विशेषज्ञ र प्राविधिहरुका बीच सहयोग, सदभाव र प्राविधिक सञ्जाल अभिवृद्धि गर्दै विकसित कृषि प्रविधि र अनुभवको साटासाट गर्न एवम् प्राविधिक दक्षता अभिवृद्धि गर्ने उद्धेश्यले संस्था स्थापना गरिएको संस्थाका संयोजक ज्ञवालीले बताउनुभयो ।उहाँका अनुसार संस्थाले कृषिका विभिन्न आयामहरूमा प्रभावकारी सेवा प्रबाहमा टेवा पु¥याउनेछ ।

समितिले विधान मस्यौदा तयारी देखि लिएर सोसाइटी दर्ता र छ महिना भित्र पहिलो अधिवेशन आव्हान गर्ने सम्मको कार्ययोजना बनाएको छ ।
“सोसाइटीले कृषि विषय लिई कम्तीमा स्नातक तहको शैक्षिक योग्यता हासिल गरेका शिक्षण, अनुसन्धान र विकास, प्रसार, वित्तीय क्षेत्र, परामर्श, उद्यमशीलता विकास आदिको क्षेत्रमा क्रियाशील सेवारत र सेवानिवृत प्राविधिकहरूलाई समेट्ने छ ।” संयोजक ज्ञवालीले हिमाली आवाजसँग भन्नुभयो ।

सोसाइटीले उल्लिखित उद्देश्यको अलावा कृषि प्राविधिकहरूको सबल नेतृत्व तथा सहभागितामा कृषि क्षेत्रको समग्र विकासमा सकारात्मक योगदान पु¥याउन र परिवर्तित सन्दर्भमा कृषि विकासको रणनीति र उपागम सम्बन्धमा अन्तरक्रिया, अध्ययन–अनुसन्धान गर्दै सरकार र अन्य सरोकारवालाहरूलाई सचेतीकरण र पृष्ठपोषण प्रदान गर्ने उद्देश्य समेत लिएको छ ।

Comments
Loading...