हिमाली आवाज । आर्मीका विमल पाण्डे पोखरामा सञ्चालन भएको २३ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । उहाँले एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार पाउनुभयो ।

यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर आर्मीका समित श्रेष्ठ, उत्कृष्ट रक्षक आर्मीका विमल पाण्डे, उत्कृष्ट मिडफिल्डर थ्रिस्टार क्लबका विवेक पौडेल, उत्कृष्ट फरवार्ड आर्मीका जिलेप्सीजँग कार्की तथा उत्कृष्ट प्रशिक्षक आर्मीका मेघराज केसी घोषित हँदै उहाँहरुले जनही रु २५ हजार र ट्रफी पुरस्कार पाउनुभयो ।
पोखरा रङ्गशालास्थित अन्तर्राष्ट्रिय फुटबल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा प्रतियोगिताको पाँच पटकको च्याम्पियन थ्रिस्टार क्लबलाई ३–० गोलले हराउँदै आर्मी पहिलो पटक च्याम्पियन बनेको थियो ।