ट्रष्ट माइक्रो इन्स्योरेन्सका अध्यक्ष जगत पोखरेलद्वारा सपथ ग्रहण

हिमाली आवाज । ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा जगतबहादुर पोखरेल चयन हुनुभएको छ । उहाँलाई आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा शपथ गराइएको छ । माइक्रो इन्स्योरेन्सका अध्यक्ष पोखरेल भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष हुनुहुन्छ ।

भिजन लुम्बिनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना बनाइरहेको छ । पोखरेल माइक्रोफाइनान्स एशोसियसनको समेत अध्यक्ष हुनुहुन्छ । उहाँसँग एक दर्जनभन्दा बढी संस्थाको नेतृत्व सम्हालको अनुभव छ ।

Comments
Loading...