पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

हिमाली आवाज । आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो ।

सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट ३२९२ पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहप्रायोजक समेत हो ।
सो अवसरमा बोल्दै डिस्ट्रिक्ट गर्भनर ३२९२ नोमिनी विनोद कोइरालाले म्याराथनलाई सफल बनाउन रोटरी डिस्ट्रीक देखि रोटरी क्लबहरुको समेत उल्लेख्य सहभागिता रहने बताउनुभयो । प्रतियोगिता अन्तर्गत ह्विलचियर र दृष्टिविहिन दौडका लागि सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

रोटरीयनहरुले सफल पोखरा म्याराथनको ‘रनफर फन’मा समेत भाग लिएर उत्साह थप्ने जनाउँदै पोखरामा हुने रोटरीयनहरुको सम्मेलनलाई समेत म्याराथनकै अवसर छोपेर सँगैको मितिमा गरेको उहाँले बताउनुभयो ।“दौडनु स्वास्थ्यका लागि समेत् उत्तिकै अपरिहार्य छ । त्यसैले पनि रोटरीले देशव्यापी रुपमा म्याराथनका प्रतियोगिता आयोजना गर्दैछ । यो स्वास्थ्यलाई सवल बनाउनृ अभियानमा सबै रोटरीयनहरु जोडिनेछन् ।” कोइरालाले भन्नुभयो ।

फागनु ५ गते पोखरा आउने देशभरीका रोटरीयनहरु समेत म्याराथनमा सहभागि हुने जनाउँदै उहाँले रोटरी क्लबहरुलाई स्वयमसेवकको रुपमा काम गर्नका लागि आह्वान समेत गर्नुभयो ।

रोटीरीका एसिस्टेन्ट गर्भनर जयराम पौडेलले आफु आबद्ध रोटरीसँग अन्य संघलाई समेत म्याराथनसँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अर्का एसिस्टेन्ट गर्भनर इश्वर कर्माचार्यले रोटरी क्लबका लागि आवश्यक पर्ने टिसर्टको लागि सहयोग गर्ने सुनाउनुभयो । उहाँले म्याराथनसँग जोडिदै टिसर्टको खर्च रोटरीले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै रोटरियन किशान सुनारले प्राविधिक रुपमा क्यामेरा र ड्रोन उडाएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोखरा म्याराथन आयोजक संस्थाका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरा म्याराथन म्याराथनको आधिकारीक निकायसँग जोडिदै अन्तर्राष्ट्रिय जगतमा पुगिरहँदा रोटरीसँगको सहकार्यले त्यसलाई थप आकर्षित गरेको बताउनुभयो । रोटरी मार्फत जाँदा समेत अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान हुने उहाँको भनाई छ ।

निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनसँग रोटरी आगामी तीन वर्षका लागि सुरुमा जोडिएको बताउनुभयो । म्याराथनको बारेमा प्रस्तुति दिदैँ गुरुङले म्याराथनमा ठूलो मात्रामा रोटरीयनहरुको सहभागिता हुनेमा आशावादी रहेको उहाँको भनाई छ ।

मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मातृभूमिका लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान गरिरहँदा खेलाडीहरुको संस्थासँग जोडिएर पुनः अर्को योगदान गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले सबैले राष्ट्रको विकासका लागि काम गरिरहँदा खेलकुदमा समेत जोडिनु सुखद् पक्ष रहेको सुनाउनुभयो । पोखरा म्याराथन गुणस्तरमा अघि बढिरहँदा आउने चुनौतीहरुमा रोटरीको साथले राहत मिलेको रानाभाटले बताउनुभयो ।

Comments
Loading...