पोखराको सगरमाथा निकेतन स्कुलमा वार्षिक खेलकुद कार्यक्रम सुरु

हिमाली आवाज । पोखराको सगरमाथा निकेतन विद्यालयमा त्रि–दिवशिय वार्षिक खेलकुद कार्यक्रम शुरु भएको छ । विद्यालय प्राचार्य दिलिप शर्मा भट्टराईले पोखरा–४ अर्चलबोटस्थित नवनिर्मित विद्यालय प्राङ्गणमा कार्यक्रमको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले मानव स्वास्थ्यका लागि खेलकुद महत्पूर्ण भएको औँल्याउनुभयो । विद्यालयले शिक्षासंगै खेलकुद र अनुशासनलाई महत्वका साथ राखेको बताउँदै प्राचार्यले शर्माले भन्नुभयो,“हामीले शिक्षासँगै खेलकुदलाई समेत प्राथमिकतामा राखेको छौँ । सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुले खेल भावना अनुरुप खेल्नुहोला ।स्वस्थ्य र अनुशासित नागरिक उत्पादन गर्न सकिए समाज र राष्ट्र पनि अनुशासित बन्नेछ ।”

विद्यार्थी अनुषा अधिकारीले खेल भावनाको सपथ गर्नुभयो । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका झण्डै ४ सय विद्यार्थीले १ सय १७ स्वर्ण, १ सय १६ रजत र ५७ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । फुटबल, भलिबल, व्याडमिण्टन, टेबल टेनिस, चेस तथा एथलेटिक्सतर्फ शटपुट, सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, रिले दौड लगायतका खेलहरुमा प्रतिस्पर्धा हुने खेलकुद शिक्षक कृष्ण थापाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

अफिसियल सुरज पौडेलका अनुसार पहिलो दिनको खेल विद्यालय खेल मैदानमा, दोश्रो दिन गोस्ते घाट खेल मैदान, लामाचौरमा र समापन पोखरा रंगशालाभित्र गरिने छ । शिक्षक रामजी बरालले सञ्चालन गरेको उद्घाटन समारोहमा विद्यार्थीहरुले स्वागत गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Comments
Loading...