हिमाली आवाज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको कार्यकक्षमा केही व्यवसायी र मजदुरबाट भएको कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ प्रदेश समितिका संयोजक केदारप्रसाद पौडेलले आज एक ध्यानाकर्षपत्र प्रकाशित गर्दै कुनै पनि विषयमा छलफल तथा संवाद गर्दा मजदुर तथा व्यवसायी प्रतिनिधिहरुले संयमित तथा अनुशासित भई आफ्ना कुरा राख्न अनुरोध गर्नुभएको छ ।

“भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने सन्दर्भमा मजदुर तथा केही व्यवसायीहरुबाट सम्बन्धित मन्त्तालयको मन्त्रत्री कार्य कक्षभित्र जुन खालको प्रस्तुती हुन गयो, यो कामबाट नेपाल यातायात व्यवसायी राष्ट्यि महासंघ गण्डकी प्रदेश संयोजकको नाताले मलाई निकै स्तब्ध तथा आत्मग्लानी बनाएको छ।” संयोजक पौडेलले जारी गर्नुभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
महासंघले गण्डकी प्रदेश सरकारले केही दिन पहिले राजपत्रमा प्रकाशित गरेको यातायात सम्बन्धी केही नीतिगत अस्पष्टता लगायत अन्य केही विषयहरुमा समििितको ध्यानाकर्षण भएको जनाएको छ ।