पोखरामा सुब्बाको अध्यक्षतामा ललितकला मञ्च गठन

हिमाली आवाज । पोखरामा ललितकला मञ्च गठन गरिएको छ ।बिभिन्न कलाकार तथा चित्रकारहरुको एक भेलाले पोखरामा बुधवार ललितकला मञ्च कास्की जिल्ला कमिटी गठन गरेको हो । वरिष्ठ चित्रकार एवं पत्रकार तिलक पुन पुर्जाको संयोजनमा भएको भेलाले धन बहादुर सुब्बाको अध्यक्षतामा नौ सदस्सीय मञ्च गठन गरेको हो ।

मञ्चको उपाध्यक्षमा वेदनाथ लामिछाने सचिवमा रिता तुम्बाहाम्फे सहसचिव उदय राई तथा कोषाध्यक्षमा अर्जुन परियार चयन हुनुभयो । मञ्चको कार्यसमिती सदस्यहरुमा समर बहादुर श्रेष्ठ, प्रेम थापा, राधा लिम्बु र बिनोद थापा रहनुभएको छ । यसैगरी सल्लाहकारहरुमा तिलक पुन, सन्त बहादुर घिषिङ र मिम बहादुर राना हुनुहुन्छ ।

भेलामा अग्रज चित्रकार पत्रकार पुन, प्रकृति मानव केन्द्रित जन अभियान नेपालका निवर्तमान केन्दिय अध्यक्ष सन्त बहादर घिषिङ्ग, अग्रज कलाकार लक्ष्मण गुरुङ्ग , कलाकार मिमबहादुर राना समाजसेवी बिष्णु परियार लगायतले ललितकला मञ्च गठन , यसको महत्व भूमिका एवं मञ्चले गर्नु पर्ने काम कर्तव्य र अधिकारका बिषयमा आ आफ्ना भनाईहरु राख्नुभयो ।

Comments
Loading...