हिमाली आवाज । गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिनुभयो ।
आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं.६१ मिनेटको समय लिदैं पहिलो हुन सफल हुनुभयो । प्रतियोगितामा उदयपुरका डम्बर बहादुर पूर्वाछानेले ८७.०२ मिनेटको समय लिंदै दोश्रो स्थान हासिल गर्दा चितवनका शक्ति कुमार गुरुङ तेश्रो हुनुभयो । उहाँले कुल ९०.१ मिनेटको समय लिनुभयो ।
यसै गरी ९१.८९ मिनेट समय लिएका चितवनका नविन श्रेष्ठ चौथो हुँदा ९१.८९ मिनेटमा दुरी पार गरेका खोटाङका प्रशान्त राई पाँचौ स्थान हासिल गर्नुभयो ।राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा प्रतियोगितामा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिता अन्तर्गत सोमबार र मंगलबार ¥याफटिङ अन्तर्गतका अन्य दुई प्रतिस्पर्धाहरु हुने सहाशिक खेलकुदका संयोजक एवं परिषदका बोर्ड सदस्य बसन्तराज दवाडीले बताउनुभयो । उहाँका अनुसार भोली स्प्रेन हेड टु हेड र मंगलबार सालोलम डाउन रिभर रेस हुनेछ ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौस्थान प्राप्त गर्ने खेलाडीहरु क्रमश नगद रु ३०, २०, १५, १० र ५ हजार प्रदान गरिने उहाँले बताउनुभयो ।
¥याफटिङतर्फ १२ टिम र कायाक सालोलुम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक एवं खेलका मुख्य प्रशिक्षक निम बहादुर मगरले बताउनुभयो । प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनौट हुने मगरले बताउनुभयो ।काली गण्डकीलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन परिषदको पहलमा गत माघ २० गते अध्ययन सम्पन्न गरेको थियो ।
काली गण्डकीलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन परिषदको पहलमा गत माघ २० गते अध्ययन सम्पन्न गरेको थियो ।