स्वदेशी काठ उपयोग गर्दै आयात विस्थापित गर्नुपर्नेमा जोड

हिमाली आवाज । स्वदेशी काठ जंगलमा कुहिने र बार्षिक खरवौ रुपैयाको विदेशी काठ लगायतका सामाग्री आयातलाई विस्थापित गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताले जोड दिएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल देवघाट तनहुँद्धारा आयोजित वन पैदावार उपयोगमा देखिएका समस्या र समाधान विषयक अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले स्वदेशी काठ उपयोग गर्ने नीतिको खाँचो औल्याएका हुन् ।

गाउँपालिकाका अध्यक्ष तिलवहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै मुलुकको वन पैदावार उपयोग एवम् निकाशी नीति सर्वसुलभ नहुदा उपभोक्ताले दुःख पाउनुका साथै वनमा काठ कुहिने अवस्था सिर्जना भएको बताउनुभयो ।

वन उपभोक्ताले सानो कमजोरी गर्दा पनि धरपकड र पक्राउ गरेर हिरासतमा राख्ने परिपाटिको अन्त्य हुनु पर्नेमा जोड दिंदंै उहाँले प्राकृतिक श्रोतको अधिकार स्थानीय सरकारलाई हस्तान्तरण गर्न संघ र प्रदेश सरकारसंग माग गर्नुभयो ।

“प्रचुर सम्भावना रहेको वन क्षेत्रको उपयोग गर्दै हरित रोजगारी सिर्जना गर्नुको विकल्प छैन ” उहाँले भन्नुभयो,“काठ सहित पशुपालन, जडिवुटी, खनिज, पानी लगायत वहु आयामिक प्राकृति श्रोतलाई समृद्धिसंग जोड्न अपरिहार्य छ ।”

वन क्षेत्रको संरक्षण, संवद्र्धन र विकासका लागि पालिकाकाले वार्षिकरुपमा वजेट विनियोजन गर्दै आएको बताउँदै उहाँले साझेदारीका लागि सामुदायिक वन समूहलाई पालिकामा सुचिकृत हुन आग्रह गर्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङले पालिका र वन समुह बिच सुमधुर सम्वन्ध कायम गर्दै वन क्षेत्रलाई थप आयआर्जनको माध्येम बनाउनु पर्नेमा जोड दिनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बास्तोलाले नेपाल विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित भएर पनि जनताले विदेशी काठको प्रयोग गर्नुपर्ने विडम्वना भएको बताउनुभयो ।

स्वदेशी काठको उपयोग गरेर विदेशी आयातलाई विस्थापित गर्नु अहिलेको आवश्यकता भएको बताउँदै उहाँले जंगलमा काठ कुहिने र विदेशबाट बार्षेनी खरवौको काठ, युपिभिसी, आलमोनिय र फलाम जस्ता वस्तुको आयातले मुलुकलाई कजोर बनाउँनुका यस्ता प्रयोगले वातावरणमा समेत प्रतिकूल असर पार्दै आएको बताउनुभयो ।

वन महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले स्थानीय वन ऐन निर्माणमा जोड दिंदै वन ऐन, विनियमका आधारमा निर्माण भएको कार्ययोजना अनुरुप वनको संरक्षण, विकास र उपयोगमा लाग्न उपभोक्ता समुहलाई आग्रह गर्नुभयो ।

सरकारी तवरबाट वन समुहलाई सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा कमिकजोरी खोज्ने र हिरासतमा राखेर उनीहरुको सामाजिक प्रतिष्ठामा समेत आँच आउने जिवनमा खालका गतिविधिले संरक्षण कर्तामा नैरास्यता पैदा भएको बताउनुभयो ।

सहायक जिल्ला वन अधिकृत मदन सुवेदीले सामुदायिक वन स्वयत्त संस्था भएको उल्लेख गर्दै कार्यालयबाट अनावस्यकरुपमा उपभोक्तालाई दुःखदिने काम नभएको बताउँनुभयो । वन ऐन र कानून भित्र रहेर काम गर्ने समुहलाई कुनै पनि अप्ठेरो नपर्नेमा उहाँको जोड थियो ।

वन यतिखेर हराभरा भएको छ, जंगली जनावर घरमै आएर कृषिबाली नष्ट गर्दछन्, प्रकृया नमिल्दा उपभोक्ता समूह जेल जानु पर्ने, वन कार्यालयमा नयाँ आउने कर्मचारीले अघिल्लाले गरेका कामलाई मान्यता नदिनु र घर बनाउँदा समेत विदेशी काठ बजारबाट खरिद गर्नुपर्ने अवस्थाको अन्त्य हुनु पर्ने कार्यक्रमका सहभागिको सामुहिक धारणा रहेको थियो ।

गाउँ महासंघका अध्यक्ष प्रविण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ गण्डकीका सचिव केशव न्यौपाने, देवघाट गाउपालिका वडा नं.५ का अध्यक्ष कर्णबहादुर कुँवर,महासंघ तनहु अध्यक्ष विष्णुमार श्रेष्ठ, जिल्ला सदस्य भोजराज नैनावस्ती लगायतले वन क्षेत्रको महत्व माथि प्रकाश पार्नुभएको थियो ।

Comments
Loading...