पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु

हिमाली आवाज । पाल्पाको तिनाउ गाउँपालिका–६ मस्याममा जीप दुर्घटना भएको छ । मंगलबार डुम्रेबाट मस्याम जाँदै गरेको जीप दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १८ जनालाई अस्पताल लगिएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न नसकेको बताइन्छ ।सिद्धार्थ राजमार्गको डुम्रेबाट मस्याम जाँदै गरेको लु १ ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो ।

Comments
Loading...