पोखराका अग्रज पत्रकार प्रतीक एक तोला सुनको पदक सहित पुरस्कृत

हिमाली आवाज । पोखराका अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी ब्रदी विनोद प्रतीक ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ बाट सम्मानित हुनुभएको छ ।

प्रतीकलाई एक तोला सुनको स्वर्ण पदक सहित वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले आज पुरस्कृत गर्नुभयो ।

वीरगन्जमा पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले पत्रकार प्रतीकलाई यसवर्षको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ प्रदान गर्ने निर्णय गरेको थियो । पत्रकार प्रतीक नेपाल पत्रकार महासंघ कास्की शाखाको पूर्वअध्यक्ष एवं महासंघको पूर्व केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।

Comments
Loading...