डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसनमा नयाँ नेतृत्व :संयोजकमा शम्भु र सहसंयोजकमा रविन्सन

हिमाली आवाज । डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल(डान) गण्डकी प्रदेश समितिको नयाँ नेतृत्व चयन गरिएको छ । संस्थाका शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्य कार्यसमिति चयन गरेको हो ।

नव गठित डान गण्डकी प्रदेश संयोजन समितिका सहसंयोजकमा रविन्सन अधिकारी, सचिवमा सञ्जीव बास्तोला र कोषाध्यक्ष सशी अधिकारी चयन हुनुभयो ।यसैगरी सदस्यहरुमा डा अर्जुन आचार्य,श्याम प्रसाद पौडेल र विपिन अधिकारी रहनुभएको छ । संस्थामा चार सय १५ जना कृषि बिज्ञ आवद्ध रहेका छन्।

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा क्रियाशिल कृषि विज्ञहरुलाई गोलबद्ध गरी कृषि क्षेत्रको समग्र विकासको माध्यमबाट गरिबी निवारण, खाद्य तथा पोषण सुरक्षा, स्वरोजगार प्रवद्र्धन गर्ने गरी संस्थाको स्थापना भएको संयोजक पाण्डेले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार दिगो विकास र आर्थिक समृद्धिको बृहत्तर उद्देश्य हासिल गर्न नीति निर्माण तथा कार्यान्वयन तहमा बिशिष्ट योगदान गर्ने संस्थाको लक्ष्य छ ।

Comments
Loading...