गण्डकीमा अन्तर आश्रम ज्येष्ठ नागरिक भ्रमण

हिमाली आवाज । अन्तर आश्रम ज्येष्ठ नागरिक भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कास्की, स्याङ्गजाका ज्येष्ठ नागरिकहरुको टोली हालै पोखरा, रामदी, लुम्बिनी भ्रमण गरेर आएका छन्।

पोखरा बृद्धाश्रमको अगुवाईमा आउनु भएका गण्डकी ज्येष्ठ नागरिक संघका पदाधिकारीहरुले ज्येष्ठ नागरिकहरुको भ्रमण तथा अनुभव आदान प्रदान कार्यक्रमले आफुहरुलाई उत्साही बनाएको बताएका थिए । शिब पार्वती बृद्धाश्रम, स्याङ्गजा, रामदीका ज्येष्ठ नागरिकका प्रतिनिधि राजेश श्रेष्ठले आफ्नो आश्रममा आएका ज्येष्ठ नागरिकहरुलाई स्वागत गर्नुभयो ।

गण्डकी ज्येष्ठ नागरिक संघका अध्यक्ष कुसुम केशव पराजुलीका अनुसार हाल असहाय, बेवारिसे ज्येष्ठ नागरिकहरु मात्र नभएर अपहेलित र अन्यायमा परेका सबै ज्येष्ठ नागरिकको मानव अधिकारका न्युनतम आवश्यकता राज्यले पूरा गर्नुपर्ने बताउनुभयो ।

गण्डकी र लुम्बिनीका २१ जना ज्येष्ठ नागरिकहरुले आफ्नो भ्रमणले आगामी दिनमा गर्ने कार्य ज्येष्ठ नागरिक मैत्री बन्नु पर्नेमा जोड दिएका थिए । यसै अवसरमा कास्की ज्येष्ठ नागरिक संघका सचिव भीम प्रसाद सुबेदी, पोखरा बृद्धाश्रमका सल्लाहकार लिलाधर भट्टराई लगायतले आआफ्नो राय ब्यक्त व्यक्त गर्नुभयो ।

Comments
Loading...