फोटो पत्रकार रन्जितद्वारा पुरस्कारको रकम विद्यालय र मञ्चको अक्षयकोषलाई सहयोग

हिमाली आवाज । पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले आफूले प्राप्त गरेको पुरस्कार रकम सामाजिक कार्यमा प्रदान गर्नुभएको छ । रञ्चित हालै एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डमा स्पेशल अवार्ड सहित नगद रु ५० हजारबाट पुरस्कृत हुनुभएको थियो ।

उहाँले पुरस्कार बापतको रकम रु २५ हजार नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको अक्षयकोषलाई प्रदान गर्नुभयो भने बाँकी रु ३० हजार पोखरा–९ पृथ्वीचोकस्थित सहारा बाल आधारभुत विद्यालयलाई प्रदान गर्नुभयो ।पत्रकार रञ्चित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व सल्लाहकार समेत हुनुहुन्छ ।

सहाराा बाल आधारभुत विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच सो रकम मञ्चका अध्यक्ष दीननाथ बराललाई रञ्चितले हस्तान्तरण गर्नुभयो ।

मञ्च गण्डकीले आगामी एक बर्ष भित्रमा दश लाख अक्षयकोष पु¥याउने अध्यक्ष बरालले बताउदै आउनुभएको छ । अध्यक्ष बरालले यस अघि आफ्नो जन्म दिनमा कोष घोषणा गर्नुभएको थियो । त्यस बखत उहाँले रु १० हजार बाट अक्षयकोष स्थापना गर्नुभएको हो ।

रकम हस्तान्तत्रण कार्यक्रममा पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशी पौडेल र सदस्य रोहितराज पराजुलीको उपस्थिती रहेको थियो । यसैगरी सहारा विद्यालयका अध्यक्ष विक्रम थकाली र प्रधानाध्यापक लोचना अधिकारीलाई सो रकम प्रदान गरिएको थियो ।

Comments
Loading...