हिमाली आवाज । घर बहाल सरोकार महासंघ गण्डकीको अध्यक्षमा कमलप्रसाद न्यौपाने (कास्की) सर्वसम्मत चयन हुनुभएको छ ।
महासंघको आज पोखरामा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित न्यौपाने राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।
यसैगरी समितिको उपाध्यक्षमा ईन्दु श्रेष्ठ (कास्की) चयन हुनुभयो । सचिवमा ताराप्रसाद तिवारी (कास्की) र कोषाध्यक्षमा अमृत घिमिरे (कास्की) चयन भएका हुनुभयो ।
महासंघ गण्डकीको सदस्यहरुमा रामप्रसाद चापागाईं(कास्की), भीम सिंह (तनहुँ) र तुलसी शर्मा (कास्की) रहनुभएको छ । महासंघ गण्डकीको उपाध्यक्ष पद भने खाली राखिएको छ ।
उपाध्यक्षमा पछि मनोनयन गर्नेगरी खाली राखिएको महासंघ गण्डकीले जनाएको छ ।
यसअघि महासंघ गण्डकीका निवर्तमान अध्यक्ष यमनाथ पौडेलको अध्यक्षतामा उद्घाटन शत्र चलेको थियो ।