सार्दिखोलामा निःशुल्क आँखा परीक्षण शिविर, तीन सय ५० लाभान्वित

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजना गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा तीन सय ५० जनाले आँखाको जाँच गरेका छन् ।

जसमध्ये एक ८९ जना ब्यक्तिहरुलाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने १५ जनामा मोतिविन्दु भेटिएको र उनीहरुलाई यथाशिघ्र शल्यक्रियाको लागि थप व्यवस्था गरिएको छ ।

सार्दिखोला स्वास्थ्य चौकीमा आयोजना गरिएको कार्यक्रम सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि र नेपाल दृष्टिविहिन कल्याण संघ कास्कीको सयुंक्त आयोजनामा गरिएको हो ।कार्यक्रममा हिमालय आँखा अस्पताल, घारिपाटन पोखराको प्राविधिक सहयोग रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ्रे गाउँपालिका वडा नं.–२ का वडाध्यक्ष गणेश आचार्यले पहिलो सेवाग्राही रण बहादुर गुरुङलाई उपचार फारम हस्तान्तरण गरी शिविर उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा उहाँले सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तरगतका कार्यक्रमले यस क्षेत्रका वासिन्दाहरु लावान्भित भैरहेकामा खुशी व्यक्त गर्नुभयो । आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रमहरुको लागि पनि उहाँले शुभकामना दिनुभयो ।

सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष गिरिधारी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राम प्रसाद आचार्यले सञ्चालन र संस्थाको सञ्चालक सपना कुमारी गुरुङले स्वागत गर्नुभएको थियो ।

Comments
Loading...