पोखराका समाजसेवी जिसीद्धारा अध्ययन गरेको स्कुललाई बस खरिद गर्न एक लाख बढी सहयोग

हिमाली आवाज । सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि.सीले सराङकोटमा रहेको जनजागृत मा.वि लाई सहयोग गर्नुभएको छ ।

पोखराका अग्रज व्यवसायी तथा धार्मिक सामाजिक क्षेत्रमा आफूलाई स्थापित गर्नुभएका जिसीले विद्याययको बस खरीदका लागि रु एक लाख ११ हजार रकम सहयोग गर्नुभएको हो । आफु जन्मेको र अध्ययन गरेको गाउँको विद्यालयमा सहयोग गर्न पाउदा खुशी लागेको जिसीले हिमाली आवाजलाई बताउनुभयो ।

गाउको समग्र विकास निमार्णमा जि.सी सकृय रहदै आउनुभएको छ । सहयोग रकम ग्रहण गर्दै विधालयका प्र.अ यम बहादुर थापाले बस नहुदा विद्यार्थी आउजाउ गर्न समस्या भएकाले अनुदानमा बस खरीद गर्न लागिएको बताउनुभयो । सो कार्यका लागि ३० लाख सङकलन गर्ने उद्देश्य अनुरुप हाल सम्म १० लाख सङकलन भएको थापाले बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण थापाले विद्यालयको विकासमा सहकारीले सहयोग गर्ने बताउनुभयो ।

सो कार्यक्रममा पतन्जली योग केन्द्रका प्रशिक्षक लक्षुमण पौडेल , पुर्व प्र.अ विष्णु तिमिल्सीना , शिक्षक चिन्तामणि शर्माले सहयोग आधार व्यक्त गर्नुभयो । २०१६ मा स्थापित विधालयमा हाल दुई सय १० जना बिधार्थी रहेका छन् ।

Comments
Loading...