पोखराको सहारा एकेडेमीलाई साफको सहयोग

हिमाली आवाज । पोखराको सहारा फुटबल एकेडेमीलाई फुटबल विकास कार्यक्रम अन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले ४० थान केल्मी फुटबल सहयोग गरेको छ ।

आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले यु–१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरिएको हो । साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापक सदस्य शान्ति केसीलाई बल उपलब्ध गराउनुभयो ।

बल प्राप्त गरेसँगै सहाराका अध्यक्ष बरालले साफको सहयोग भएकोमा अखिल नेपाल फुटबल संघ (एन्फा) र साफलाई धन्यवाद ज्ञापन गर्नुभयो । “हाम्रो एकेडेमीलाई एन्फामार्फत साफले ठूलो सहयोग भएको छ । यसको लागि आभारी छौं । ” बरालले भन्नुभयो ।

Comments
Loading...