टक्सारमा स्वास्थ्य शिविर, तीन सय बढी लाभान्वित

हिमाली आवाज । स्याङ्जाको पुतलीबजार नगरपालिका–६ टक्सारमा आयोजना गरिएको एक दिनको स्वास्थ्य शिविरमा तीन सय बढीले सेवा लिएका छन् ।

स्वास्थ्य र खेलकुद क्षेत्र विकास हाम्रो टक्सारको पहिलो प्राथमिकता भन्ने मानसिकताका साथ शिविर आयोजना गरिएको हो ।

नोवेल बाल तथा महिला अस्पताल एण्ड ट्रमा सेन्टर प्रा.लि.पोखरा द्धारा प्राविधिक सहयोग, हिमालय माध्यमिक विधालय टक्सारको विशेष सहयोग र सिद्धार्थ युवा क्लब टक्सारको आयोजना शिविर आयोजना गरिएको थियो ।

वरिष्ठ विशेषज्ञ डा. सहितको एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक सय ५२ जनाको भिडियो एक्सरे र एक सय ७७ जनाको सुगर परिक्षण गरिएको थियो । स्वास्थ्य शिविर कार्यक्रमका संयोजक मीलन कार्कीले जानकारी दिनुभयो ।

Comments
Loading...