बाग्लुङ बस दुर्घटनाप्रति माओवादी केन्द्र गण्डकीद्धारा दुःख व्यक्त,उद्धारमा जुटन् पार्टी पंक्तिलाई निर्देशन

हिमाली आवाज । बाग्लुङमा आज साँझ भएको बस दुर्घटनाप्रति सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिले दुःख व्यक्त गरेको छ ।

पार्टीका गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले एक शोक वक्तव्य प्रकाशित गर्दै रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस बाग्लुङको निसीखोलामा  दुर्घटनामा आठ जनाको मृत्यु र २५ जना यात्रु घाइते भएको खबरले पार्टी दुःखित भएको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष गुरुङले दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पूर्ण यात्रुहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।माओवादी केन्द्रले मृतकहरुलाई उचित राहतको व्यवस्था गर्न र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उद्दार र उपचारलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

साथै दुर्घटनास्थलमा तत्काल उद्धार कार्यमा जुट्नका लागि स्थानीय पार्टी पंक्तिलाई माओवादी केन्द्र गण्डकीले आग्रह समेत गरेको छ ।

Comments
Loading...