पोखरा महानगर प्रमुख धनराज आचार्यलाई मातृशोक

हिमाली आवाज । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ । आचार्यका आमा जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा आज निधन भएको महानगर प्रमुख आचार्यका स्वकिय सचिव पूर्ण लामाले जानकारी दिनुभयो । आचार्य केही समयदेखी बिरामी हुनुहुन्थ्यो । उहाँको पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भउको हो ।

लामाका अनुसार स्व आचार्यको नयाँबजारस्थित निवासबाट शवयात्रा सहित तुलसीघाटमा अन्त्येष्टि गरिने छ । स्व आचार्यका श्रीमान्, तीन छोरा र दुई छोरी तथा पाँच नाति र पाँच नातिनी रहेका छन् ।

Comments
Loading...