हिमाली आवाज । लायन्स अन्तरास्ट्रिय डिष्ट्रिक्ट ३२५ एम नेपाल को यही चैत २४ गते पोखरामा महाधिवेशन हुँदैछ । महाधिवेशनका लागि पोखराको जिरोकिमीमा लायन्स क्लब अफ फिस्टेल सिटीको सभाहलमा सचिवालय स्थापना गरी उद्घाटन गरिएको हो ।
डिष्ट्रिक्ट ३२५ एम नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर एम जे एफ चण्डी प्रसाद अर्यालले उद्घाटन गर्नुभयो । सचिवालय स्थापनाबाट महाधिवेशनका लागि आवश्यक कामहरु सहज रुपमा सम्पन्न गर्न सघाउ पुग्ने विश्वास लिइएको छ ।उद्घाटन कार्यक्रम कन्भेनर ठाकुर प्रसाद अधिकारीको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा मिड टाउन का सचिव प्रशिष थाप, डिष्ट्रिक्टका सिनियर लिडरहरु किशोर बराल, दिनबन्धु पौडेल , ई. रामचन्द्र पोखरेल , कुल चन्द्र शर्मा ,तारा गिरी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा उपस्थित लाई आयोजक क्लबका पुर्व अध्यक्ष देवी तिमिल्सिनाले धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको स्वागत लेख बहादुर के. सी. गर्नुभएको थियोे ।