हिमाली आवाज । गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा ध्वन कुमार गुरुङ सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङ सहित १५ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष समेत हुनुहुन्छ । यस अघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षमा समेत रहिसक्नुभएको थियो ।
यसैगरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित हुनुभयो ।
कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदिप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भएको प्रदेश खेलकुदका सदस्य केशव पाठकले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएकोमा बधाई दिंदै दशौं राष्ट्रिय खेलकुदका लागि जुट्न आग्रह गर्नुभयो ।
यसै गरी प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद संघहरुलाई सुशासनतर्फ अघि बढाउन परिषदले विगत ६ महिना यता भरमग्दुर प्रयासहरु जारी राखेको बताउँदै खेलसंघहरुमा शुसासनको अवस्था बलियो नवने सम्म खेलकुदको विकासमा बाधा पुग्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की बास्केटबल संघका सल्लाहकार एवं पोखरा महानगरका वरिष्ठ काुनन अधिकृत नारायण प्रसाद शर्माले आफ्ना भनाई राख्नुभएको थियो ।