एक्सपर्टको भोली ‘एजुकेशन कन्क्लेभ’,विदेश अध्ययन गर्नेलाई परार्मश दिइने

हिमाली आवाज । पोखरामा रहेको एक्सपर्ट एडुकेशनले  विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिने भएको छ ।सो का लागि भोली चैत ९ गते एक्पर्टले पोखरामा आफ्नो कार्यालयमा ‘एजुकेशन कन्क्लेभ’ आयोजना गरेको छ ।

विदेश जान चाहने विद्यार्थीहरुलाई लक्ष्य गरी सो कार्यक्रम गर्न लागिएको एक्सपर्टका निर्देशक वसन्त पोखरेलले जानकारी दिनुभयो । “विदेश पढ्न जान इच्छुक सबै भाई बहिनीहरुले सहभागी हुन सक्नुहुनेछ । हामी उहाँहरुलाई सही जानकारी दिनेछौँ ।” पोखरेलले भन्नुभयो ।

विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम आयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पोखराको ट्रेड मल स्थित ’एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेज’को कार्यालयमा कार्यक्रम हुनेछ । सो अवसरमा विभिन्न भौचरः मुभि भौचर, बन्जी जम्प, फुड, ह्यापी होलि लगायतको भौचर सुविधा उपलब्ध रहेको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।

एकै स्थानमा तथा एकै दिनमा विद्यार्थीलाई वैदेशिक शिक्षाका बारेमा आवश्यक जानकारीहरु प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको बताइन्छ । कार्यक्रममा ४ देशका २५ भन्दा धेरै कलेज तथा युनिभर्सिटीका प्रतिनिधित्व रहनेछ । विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले अष्ट्रेलिया, युके, न्युजिल्याण्ड र आएरल्याण्डका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग संवाद गर्न पाउनेछन् ।

यस्तै एक्स्पर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु सञ्चालनमा ल्याएको छ । विश्वका २५ देशका ६५ भन्दा बढी शहरहरुबाट समेत एक्स्पर्टले सेवा प्रवाह गरिरहेको छ । बिगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्स्पर्टले विभिन्न कार्यक्रमको आयोजना गर्दै छ ।

कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्स्पर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने छ । एक्स्पर्टले बिगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आएकाले पनि विदेश अध्ययन गर्न जानका लागि एक्स्पर्ट विद्यार्थीको रोजाइमा पर्ने गरेको छ ।

Comments
Loading...