कांग्रेस निकटआदिवासी जनजाति महासंघ गण्डकीको भोलीदेखी पोखरामा अधिवेशन

हिमाली आवाज । नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ ।प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्नुहुनेछ ।

सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशन हुन लागेको काउचाको भनाइ थियो । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट जनजाती अन्र्तगत विभिन्न जातजातिको प्रतिनिधितित्व हुनेगरि ३ सय ७८ जना प्रतिनिधि सहभागी हुनेछन् ।

अधिवेशन सम्पन्न गर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवास तथा खाना व्यवस्थापन समितिमा जीतबहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ, शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ र मञ्च ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचारप्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहनुभएको छ ।

अधिवेशनपूर्व पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक ¥याली निकालिने संयोजक काउचाले जानकारी दिनुभयो । ¥याली चिप्लेढुंगा न्युरोड हुँदै सभागृहमा पुगी उदघाटन समारोहमा परिणत हुनेछ । ¥यालीमा महासंघ अन्तर्गतका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि साथै पार्टीका विभिन्न जिम्मेवार तहमा रहकाहरुको सहभागिता रहने बताइन्छ ।

महासंघले विभिन्न जिल्ला र नगर तथा गाउँपालिकामा तदर्थ समिति गठन गरि सम्बन्धित तहमा अधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशन हुन लागेको हो । अधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

Comments
Loading...