हिमाली आवाज । नेकपा एमाले कास्कीको ११ औँ जिल्ला अधिवेशन शनिबारदेखि सुरु हुने भएको छ । पोखराको नयाँ बजारस्थित प्रर्दशनी केन्द्रमा एमाले अध्यक्ष एवं पूूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने एमालेले जनाएको छ ।
अधिवेशनकोा सम्पूर्ण तयारी पुरा भएको एमाले कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । ११ गतेसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने छ । अधिवेशनमा कास्की जिल्लाका ७२ वटा वडा, जनसंगठन, सल्लाहकार परिषद्, तिन इलाका कमिटीका शाखा कमिटी, सल्लाहकार कमिटी र आयोजक कमिटीबाट गरी ९३५ जना प्रतिनिधिको सहभागिता रहने एमाले कास्कीका अध्यक्ष एवं अधिवेशन मुल समारोह संयोजक मनबहादुर गुुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको छ ।
अधिवेशन उद्घाटन समारोहलाई भव्य र सभ्य बनाउन जिल्ला कमिटी, महानगर, पालिका, ईलाका, वडा, जनवर्गीय संगठनलाई परिचालन गरिएको बताइन्छ । अधिवेशनलाई ऐतिहासिक र सफल बनाउनका लागि जिल्ला कमिटी अध्यक्ष . मनबहादुर गुरूङको अध्यक्षतामा मूल व्यवस्थापन कमिटी गठन गरिएको छ ।
उक्त कमिटीमा जिल्ला कमिटीका सदस्यहरु सबै, जिल्ला लेखा कमिटी, पालिका÷ईलाका कमिटीका अध्यक्षहरु रहेको एमाले कास्कीका उपसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक दर्शन लामाले बताउनुभयो ।