पोखरामा एक्सपर्टको ‘एजुकेशन कन्क्लेभ’ : चार सय बढी विद्यार्थीलाई परार्मश

हिमाली आवाज । पोखरामा रहेको एक्सपर्ट एडुकेशनले आज विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको शैक्षिक परामर्श ‘एजुकेशन कन्क्लेभ’मा ४०० बढी विद्यार्थी सहभागी भएका छन् ।

पोखरास्थित एक्सपर्ट एडुकेशन एण्ड भिसा सर्भिसेजको कार्यालयमा आयोजित कार्यक्रममा विदेश अध्ययनको इच्छा भएका विद्यार्थीहरुले विभिन्न देशका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुसँग प्रत्यक्ष साक्षात्कार गरेका हुन् ।

सहभागी विद्यार्थीहरुको सबै जिज्ञासालाई एक्सपर्ट मेलवर्न तथा पोखरा अफिसका निर्देशक वसन्त पोखरेलले मेटाउनुभएको थियो । विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउँदा सहभागीहरु उत्साहित भएका थिए ।

एक्सपर्ट पोखरा शाखाका मार्केटिङ तथा पब्लिक रिलेसन म्यानेजर  विष्णु प्रसाद गौतमले अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड र न्यूजील्याण्डमा अध्ययन गर्न इच्छुक विद्यार्थी परामर्श प्रदान गरिएको जानकारी दिनुभयो ।

गौतमले भन्नुभयो,“कार्यक्रम भव्य रुपमा सफल भयो । २५ भन्दा बढी विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु आउनुभएको थियो । उहाँहरुले सहभागीहरुलाई वैदेशिक अध्ययनको पूर्ण जानकारी दिनुभएको छ ।”

सो अवसरमा विभिन्न भौचरः मुभि भौचर, बन्जी जम्प, फुड, ह्यापी होलि लगायतको भौचर सुविधा उपलब्ध गराइएको एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
एकै स्थानमा तथा एकै दिनमा विद्यार्थीलाई वैदेशिक शिक्षाका बारेमा आवश्यक जानकारीहरु प्रदान गर्नु कार्यक्रमको उद्देश्य रहेको बताइन्छ ।
यस्तै एक्स्पर्टले नेपालका प्रमुख १६ शहरहरुमा शाखाहरु सञ्चालनमा ल्याएको छ । विश्वका २५ देशका ६५ भन्दा बढी शहरहरुबाट समेत एक्स्पर्टले सेवा प्रवाह गरिरहेको छ ।

बिगतका वर्षहरुमा झै यस वर्ष पनि नेपालका शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौंडा, विराटनगर, विर्तामोड र काठमाडौंमा एक्स्पर्टले विभिन्न कार्यक्रमको आयोजना गर्दै छ । कार्यक्रममा सहभागी विद्यार्थीलाई एक्स्पर्टबाट दिइने आयल्स, पीटीई क्लासमा समेत छुट दिइने एक्सपर्टले जनाएको छ ।

Comments
Loading...