कास्कीका ऋषिराम भण्डारी पर्यटन बोर्डको कार्यकारी सदस्य नियुक्त

हिमाली आवाज । नेपाल पर्यटन बोर्डको कार्यकारी समितिका सदस्यमा कास्कीका ऋषिराम भण्डारी नियुक्त हुनुभएको छ ।

सस्कृति पर्यटन तथा नागरिक उड्डयय मन्त्रालको प्रश्तावमा मन्त्रिपरिषद्को आज बसेको बैठकले भण्डारी सहित तीन जनालाई पर्यटन बोर्डमा नियुक्तीको निर्णय गरेको हो ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ निवासी भण्डारी साढे दुई दशकदेखी पर्यटन व्यवसायमा आवद्ध हुनुहुन्छ । उहाँले राजधानी काठमाडौँमा हिमाल आरोहण व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ । नवनियुक्त भण्डारी हाल पर्यटन पर्वतारोहण सञ्चालक संघको महासचिव हुनुहन्छ ।

भण्डारी गण्डकी प्रदेशबाट हिमाल आराहेण व्यवसाय सञ्चालन गर्ने एक मात्र  पर्यटन व्यवसायी हुनुहुन्छ । भण्डारीले सञ्चालन गरेको सातोरी एडभेञ्जर हिमाल आरोहणबाट राज्यलाई बढी रोयल्टी तिर्ने कम्पनीमा पर्दछ । कास्कीका भण्डारी सहित राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई बोर्डको कार्यकारी समितिमा नियुक्त गरिएको हो ।

Comments
Loading...