कास्कीको अन्नपूर्णमा जीप दुर्घटना,१२ जना घाइते,केहीको अवस्था गम्भीर

हिमाली आवाज ।  कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेमा आज दिउसो भएको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको  ग१ज ५५४७ नम्बरको यात्रु बाहक जीप दिउसो ३ः३० सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै रहेकाले घाइतेको अवस्था एकिन हुन सकेको छैन । घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बताइन्छ ।  घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...