पोखरामा १० करोड लगानीमा पाहुनालाई ‘नानी अपार्टमेण्ट’

हिमाली आवाज । पोखरामा केही समयको लागि घुम्न आउने तथा आफन्तको शुभकार्यमा पाहुनालाई लक्षित गरेर पोखरा १६ सेदीमार्गमा नानी अपार्टमेण्ट निर्माण भएको छ । नानी अपार्टमेण्ट प्रा.लि.ले उक्त अपार्टमेण्ट बनाएको हो ।

‘हप्ता १० दिन वा त्यो भन्दा बढी समय पोखरा घुम्न आउने पाहुनाका लागि लक्षित गरेर यो अपार्टमेण्ट बनाईएको हो ।’ नानी अपार्टमेण्ट प्रा.लि.की सञ्चालक टिका गुरुङ्ले भन्नुभयो,‘कसैको घरमा हुने शुभकार्यमा आउने पाहुनाका लागि पनि यो अपार्टमेण्टका फ्ल्याटहरु उपलब्ध हुनेछन् ।’

पोखराका घरहरुमा हुने उत्सवहरुमा धेरै पाहुना आउने र उनीहरुलाई बस्ने व्यवस्था गर्न सहज हुने समेत उहाँले बताउनुभयो । ‘कुनै घरमा पुजाआजा पर्यो भने ठुलो सँख्यामा पाहुना आउँछन्, खाना खाने व्यवस्था त घर कम्पाण्डमा होला, तर सुत्नको लागि समस्या हुने देखिएको छ,।’ गुरुङले भन्नुभयो,‘घरका कोठाहरु भाडामा लगाईएका हुन्छन्, उनीहरुलाई घर खाली गर भन्ने कुरा पनि भएन, यस्तै समस्लाको समाधानका लागि यो अपार्टमेण्ट निर्माण गरिएको हो ।’

पोखरा १६ सेदीमार्गमा निर्माण गरिएको यो अपार्टमेण्टबाट मनोरम हिमश्रृङ्खा, सेती नदि तथा पोखरा बजार र सुन्दर डाँडाकाँडाहरु देख्न सकिने बताइन्छ ।

पाँच तल्लाको उचाई रहेको यो अपार्टमेण्टको भाडा बुकिङ् खुलेको पनि गुरुङ्ले जानकारी दिनुभयो । यसको भाडादरका बारेमा दुई पक्षबीच आपसी सहमतिमा तय हुने उहाँको भनाई थियो ।

अपार्टमेण्टको नजिकै मणिपाल कलेज, पश्चिमाञ्चल ईन्जिनियरिङ् कलेज लगायतका ठुला सँस्थाहरु रहेकाले अपार्टमेण्टमा बसेर अध्ययन गर्नेहरुलाई उपयुक्त बताइन्छ । ‘नजिकै बजार छ, हरेक कुरा किन्न पाईन्छ, सार्वजनिक यातायतको सुबिधा पनि छ ।’ सञ्चालिका गुरुङले थप्नुभयो ‘पाहुनाको सुबिधालाई ध्यानमा राखेर निकट भविष्यमा हामीले भित्रै एउटा सुपरमार्केट पनि निर्माण गर्दैछौं ।’गुरुङ्का अनुसार यो अपार्टमेण्ट निर्माण गर्न १० करोड रुपैंया लगानी भएको छ ।

Comments
Loading...