हिमाली आवाज । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आज राजीनामा दिनुभएको हो ।
गत फागुन २३ गते नेकपा(माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएपछि एक महिनाभित्रमा सदनबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था रहेपनि विश्वासको मत प्राप्त गर्ने स्थिति नभएपछि मुख्यमन्त्रीले राजीनामा दिनुभएको हो ।
अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न दलहरुलाई आह्वान गर्नुहुनेछ ।