हिमाली आवाज । पोखरा ३० लेखनाथ त्रिकाङमा ५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । त्रिकाङ नमुना आमा समुहको आयोजना एव पोखरा वडा नम्बर ३० को सहयोगमा चैत १८ गतेदेखि सञ्चालित पाँच दिने उद्घोषण तालिम आज बिहीबार सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडानम्बर ३० का अध्यक्ष दुर्गा प्रसाद सुबेदीले महिलाहरूको क्षमता विकासमा यस्ताखालका तालिम प्रभावकारी बन्ने बताउनुभयो । महिलाहरूमा बोल्ने कलाको विकास गर्दै कुनैपनि क्षेत्रमा सफल रुपमा नेतृत्व लिन सक्ने तालिमले बनाउने बताउनु भयो ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य भीमकुमारी पुन गर्बुजाले वडाले महिलाको क्षेत्रमा निरन्तर कामगर्ने र महिलालाई विभिन्न प्रकारका सीप प्रदान गर्दै दक्ष र आत्मनिर्भर बनाउन लाग्ने बताउनुभयो ।तालिममा सहभागीहरुको अनुभवको मतब्यबाट तालिम प्रभावकारी भएको सहजै अनुमान गर्न सकिएको बताउनु भयो ।

समापन कार्यक्रममा बोल्दै वडासद्स्य विनोद प्रसाद लामिछानेले महिलाको क्षमता विकास गर्ने उद्देश्यले उद्घोषण तालिम राखिएको र अर्को वर्ष तालिम लिएकाहरु विच बक्तित्व कला प्रतियोगिता आयोजना गर्ने योजना बनाउन लागेको जनाउनु भयो ।
तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका समाचार प्रमुख घनश्याम पाण्डेले सिक्ने कुरा कहिल्यै पनि सिकेर नसकिने भन्दै तालिमले सहभागीहरुलाई सिक्नलाई उत्पेणा थपेको बताउनु भयो ।पाँच दिनमा आएकोको परिवतन सहभागीकै भित्र रहेको प्रतिभालाई आफुले वाहिर ल्याउने काम गरेको बताउनु भयो ।
त्रिकाङ नमुना आमा समुहका अध्यक्ष बिष्णु तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन इन्दिरा सुवेदीले गर्नु भएको थियो ।
र्यक्रममा सहभागी शिव भुजेल,सरला थापा, आशिका थापा भन्डारी र सम्झना बजगाई लगायतले बोल्नु भएको थियो । तालिममा आयोजक आमा समुह र बहुउद्देश्यीय आमा समुह गरि २८ जना महिलाहरुको सहभागिता रहेको थियो । उहाँहरुलाई प्रमुख अतिथि वडा अध्यक्ष सुबेदी सहित आमा समुहका अध्यक्ष तिवारी लगायतले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।