आर्वाको नागेश्वर महादेव मन्दिरको भित्तेपात्रो विमोचन

हिमाली आवाज । नागेश्वर महादेव मन्दिर विकास समितिको भित्तेपात्रो विमोचन गरिएको छ ।

पोखरा महानगरपालिका वार्ड न १३ आर्वा मणिदिप स्थित नागेश्वर महादेव मन्दिर बिकास समितिले नयाँ बर्ष २०८१ को भित्तेपात्रो प्रकाशन गरेको हो । आईतवार एक कार्यक्रमको आयोजना गरी प्रमुख अतिथि समितिका संरक्षक स्वामी शिवनाथ गिरिजी महाराजले भित्तेपात्रो बिमोचन गर्नुभयो ।

भित्तेपात्रोमा ः आर्वाका धार्मिक शक्तिपिठ , मणिदिपमा अवस्थित ः शक्तिपिठ , नागेश्वर महादेव महाकालीमा आयोजीत बिविध धार्मिक एवं संस्कृतिक कार्यक्रममा जानकारी, पुर्वकार्य समिती तथा वर्तमान समितीले गरेका काम लगायत सहयोगदाता एवं जग्गा दाताहरुको नाम एवं तश्विर समेत उल्लेख गरिएको छ ।

समितीका अध्यक्ष बिष्णु प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शिबराज बरालले कार्यक्रम सञ्चालन गर्दै नागेश्वर महादेव महाकाली मन्दिर आर्वा मणिदिपको प्रचार प्रसार र धार्मिक महत्त्वलाई यत्रतत्र सर्वत्र परिचित गराउने उदेश्यले भित्तेपात्रो प्रकाशन गरिएको संयोजक समेत रहेका बरालले जानकारी दिनु भयो।

कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष तथा सल्लाहकार नर बहादूर बराल, सल्लाहकारहरु प्रकाश सिग्देल , ईन्द्रराज बराल , राजेन्द्र प्रसाद बराल , युवराज बराल , हरिबहादुर बराल लगायतले भित्तेपात्रो प्रकाशन बारे आ आफ्ना भनाई राख्नु भएको थियो । सो कार्यक्रममा दिईएको जानकारी अनुसार आगामी बैशाख चार गते चैते दशैं तथा
रामनवमी पर्वमा समितीले बिविध धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम को आयोजना गर्ने भएको छ । कार्यक्रम अन्तर्गत प्रतियोगितात्मक घैटो फुटाउने , शटफुट , लठ्टो तान्ने , म्युजिकल चियर , जोडि दौड र क्विज प्रतियोगिता रहेका छन्।

Comments
Loading...