पोखरा आउँदै गरेको कार दुर्घटना,एक बालकको मृत्यु, सात जना घाइते

हिमाली आवाज । पोखरा आउँदै गरेको कार दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । घटनामा सात जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीबाट पोखरा आउँदै गरेको ग ३ च ४५७४ नम्बरको कार घुम्ती–पाल्पा सडक खण्डको कोलडाँडा स्थित अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ को कोलडाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको उपचारको क्रममा अर्घाखाँची अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते हुनेमा चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीय सम्झना, उनकी छोरा इभान्स घाइते भएका छन् । त्यस्तै पोखरा–१२ की ३० वर्षीय सविता अधिकारी, वर्ष १५ का प्रजोल कँडेल र ४२ वर्षीय गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेको प्रहरी निरीक्षक दीपेन्द्र रावलले बताउनुभयो ।

Comments
Loading...