पोखरामा बस दुर्घटनामा सात जना घाइते

हिमाली आवाज । पोखरामा आज विहान भएको बस दुर्घटनामा सात यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको ग २ ख १६३० नम्बरको रात्रि बस विहान पोखरा महानगरपालिका–२५ हेमजास्थित सुइखेतमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार तीव्र गतिको बस अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा बागलुङको तमानखोला गाउँपालिका–३,का रिता घर्ती ,मालिका गाउँपालिका–५,का भिमकुमार बुढा,सोही वडाका निश्चल फगामी, निर्मला फगामी ,सुमित्रा फगामी ,मालिका गाउँपालिका –१,का नरबहादुर पुन र सोही वडाकी कृष्णकुमारी पुन रहेको बताइन्छ । घाइतेहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको ।

घाइतेहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Comments
Loading...