फेवातालमा डुँगा दुर्घटना,एक युवतीको उद्धार

हिमाली आवाज । फेवातालमा आज डुँगा दुर्घटना भएको छ ।
दिउँसो फेवातालमा अचानक आएको हावाहुरीको कारण कायक बोट पल्टिएर दुर्घटनामा परेकी एक युवतीको सकुशल उद्दार गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका– १७ सामाखुसी बस्ने २५ वर्षीया युवती बोटिङ गर्ने क्रममा हावाहुरी चल्दा तालमा खसेकी थिइन् । दुर्घटना लगत्तै फेवाताल बाराहीघाट स्थित रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरेको हो ।

Comments
Loading...