हिमाली आवाज । अखिल(क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस समिति संयोजकमा अर्जुन बराम सर्वसम्मत चयन हुनुभएको छ । उहाँ यसअघि अखिल(क्रान्तिकारी)कै सचिवालय सदस्य तथा कानुन संकायको उपाध्यक्ष रहेर काम गर्नुभएको थियो । अर्जुन आदिवासी जनजाती बिद्यार्थी महासंघको अध्यक्ष समेत हुनुहुन्छ ।

नेकपा(माओबादी केन्द्र) कास्की जिल्ला इन्चार्ज रामजी बराल (जीवन), माओबादी केन्द्र कास्की जिल्ला संयोजक केशव पौडेल, अखिल(क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस इन्चार्ज सुजन सापकोटा लगायत विद्यार्थी नेताहरु तथा पृथ्वीनारायण क्याम्पसका बिद्यार्थीहरुको उपस्थितिमा बसेको बैठकले बरामलाई १२ औँ सम्मेलन आयोजक समितिको संयोजकको जिम्मेवारी दिइएको दिएको हो । बैठकको अध्यक्षता काशी पौडेलले गर्नुभएको थियो ।