नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा लिलकाजी गुरुङ निर्वाचित

हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीको अध्यक्षमा लिलकाजी गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।
संघको यही चैत ३० गते सम्पन्न १६औं अधिवेशनमा गुरुङ पुनः अध्यक्षमा विजयी हुनुभयो । गुरुङले सुर्वण श्रेष्ठलाई ३० मतले हराउनुभएको हो ।
गुरूङले एक सय ९२ मत ल्याउदा श्रेष्ठले एक ६२ मत पाउनुभएको थियो । संघको अधिवेशनमा प्रजातान्त्रिक र बामपन्थी गरी दुई प्यानलकाबीच चुनाव भएको हो । प्रजातान्त्रिक खेमाको नेतृत्व गर्नुभएका गुरुङको प्यानलले पदाधिकारीमा एक पद बाहेक अन्य सबै पदमा जित हासिल गरेको छ । कार्यसमिति सदस्यमा समेत गुरुङ प्यानलका बहुमतले जित हासिल गरे ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रेम पहारी, उपाध्यक्षमा सिरस बास्तोला, सचिवमा डम्बरराज ढकाल विजयी हुनुभयो । सहचिवमा धुवबाबु भट्टराई ,कोषाध्यक्षमा हिरामणि पोखरेल र सहकोषाध्यक्षमा किरण गौतम निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

सदस्यहरुमा जनक श्रेष्ठ, ई. मिलन सुवेदी, स्वीकार पोखरेल, हरिप्रसाद पहारी, प्रकाश जिसी र ई. हेमप्रसाद गुरूङ निर्वाचित हुनुभयो । नवनिर्वाचित कार्यसमितिको वैशाख ३ गते पदस्थापनको कार्यक्रम रहेको संघले जनाएको छ ।

Comments
Loading...