माछापुच्छ्रेको करुवाका जगत सेती नदीमा मृत फेला

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १ करुवा बस्ने २५ वर्षीय जगत पुन सेती नदीमा मृत फेला परेका छन् ।

यही वैशाख १ गते राति ८ः३० बजे घरबाट निस्केर हिँडेका पुन त्यसपछि सम्पर्कविहीन भएकामा खोजीका क्रममा आज दिउसो सेती नदीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घर देखी तीन सय मिटर तल सेती नदीको किनारमा पुनले लगाएको एउटा चप्पल र कालो रङको झोला फेला परेको सूचनाका आधारमा खोजी सुरु गरिएको थियो ।

वडा प्रहरी कार्यालय बगरबाट प्रहरी टोली, सशस्त्र प्रहरी बलको रेस्क्यु टोली र नेपाली सेनाको समेत रेस्क्यु टोली, स्थानीय, आफन्त र प्रहरीको सहकार्यमा खोजी गर्दै जाँदा २ः१० बजे सेती नदीको ढुङ्गामा अड्किएको अवस्थामा मृत अवस्थामा फेला पारी उद्दार गरिएको प्रहरीले जनाएको छ ।मृतकको शव परीक्षणका लागि मणिपाल शिक्षण अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Loading...