हिमाली आवाज । नेपाल निर्माण व्यवसायी संघ कास्कीको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदस्थापन आज सम्पन्न भएको छ ।
संघको हालै सम्पन्न १६ औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष लिलकाजी गुरुङलाई निर्वाचन अधिकृत अधिवक्ता दीपकराज पौडेलले शपथ गराउनुभयो भने अन्य पदाधिकारी र सदस्यहरुले अध्यक्ष गुरुङबाट शपथ लिएका थिए । शपथपछि संघको कार्यालयमा अध्यक्ष लगायत सबै पदाधिकारीले आआफ्नो पदभार ग्रहण गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष गुरुङले सबै व्यवसायीहरुको साथ र सहयोगबाट संघलाई एकतावद्ध बनाउँदै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले व्यवसायीका अप्ठ्यारा तथा समस्यामा आफू सदैव साथमा रहने विश्वास दिलाउनुभएको थियो ।
पदस्थापन कार्यक्रममा अध्यक्षका प्रत्याशी सुवर्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं सल्लाहकार मुक्ति प्रसाद तिमिल्सिना, गण्डकी प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष टंकराज बराल, संघका पूर्व अध्यक्ष एवं सल्लाहाकार ओमप्रसाद गौचन लगायतले नयाँ निर्वाचित समितिको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

संघका प्रमुख सल्लाहाकार एवं अध्यक्ष मण्डलका अध्यक्ष शिवशंकर गौचनको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य एवं संघका पूर्वअध्यक्ष सुरेश श्रेष्ठले कार्यक्रम सञ्चालन र निर्वाचन समितिका सदस्य गंगा सुवेदीले स्वागत गर्नुभएको थियो ।
संघको यही चैत ३० गते सम्पन्न १६ औं अधिवेशनले अध्यक्षमा लिलकाजी गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको थियो ।
यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा प्रेम पहारी, उपाध्यक्षमा सिरस बास्तोला, सचिवमा डम्बरराज ढकाल, सहसचिवमा धुवबाबु भट्टराई ,कोषाध्यक्षमा हिरामणि पोखरेल र सहकोषाध्यक्षमा किरण गौतम निर्वाचित हुनुभएको थियो ।
सदस्यहरुमा जनक श्रेष्ठ, ई. मिलन सुवेदी, स्वीकार पोखरेल, हरिप्रसाद पहारी, प्रकाश जिसी र ई. हेमप्रसाद गुरूङ निर्वाचित हुनुभएको थियो ।