गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’ को निधन

हिमाली आवाज । पोखराका स्थापित एवं चर्चित गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई सोमबार अस्पताल भर्ना गरिएको र मणिपालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आज दिउसो निधन भएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिनुभयो ।

कास्कीको रुपा गाउँपालिका–५ स्थायी निवासी गजलकार पंगेनी ७० वर्षको हुनुहुन्थ्यो । उहाँ जण्डिस र निमोनियाको बिरामी हुनुहुन्थ्यो । स्व पंगेनीको बुधबार अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

स्व. पंगेनीका ‘यो मन कतै अल्झेको छ’ र ‘जूनको चिठी जुना’ लाई गरी दुई गीत सङ्ग्रह प्रकाशित छन् । यसबाहेक प्रणयवेदका ऋचाहरू (गजल सङ्ग्रह) र अक्षरभरि अक्षता (कविता सङ्ग्रह) उहाँका प्रकाशित कृतिहरू हुन् । उहाँका श्रीमति, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Comments
Loading...