अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई पितृ शोक

हिमाली आवाज । कास्कीको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेललाई पितृ शोक परेको छ ।

पोखरेलका बुबा माछापुच्छ्रे गाउँपालिका–३ घाचोक काङमाङ निवासी भुवनेश्वर पोखरेलको विहीबार राति ८१ वर्षको उमेरमा निधन भएको हो । पेशाले कृषक स्व पोखरेल समाजसेवामा समेत उत्तिकै सक्रिय हुनुहुन्थ्यो ।

उहाँ विसंं २०५४ को स्थानीय तहको निर्वाचनमा नेकपा(एमाले)का तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । पछिल्लो केही वर्षदेखी अस्वस्थ्य रहनुभएका पोखरेलको बिहीबार राति पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

स्व पोखरेलका श्रीमति, तीन छोरा÷बुहारी र एक छोरी हुनुहुन्छ । ज्येष्ठ सुपुत्र कृष्णराज पोखरेल पोखराको महेन्द्रपुलमा रहेको क्वालिटी कम्प्युटर सर्भिसका प्रोपाइटर हुनुहुन्छ ।

यसैगरी माहिला छोरा विष्णु प्रसाद पोखरेल निजामति सेवामा रहेर हाल अन्नपूर्णको प्रमुख प्रशासकीय अधिकृत तथा  कस्केली अधिकृत समाज पोखराको सहसचिव समेत हुनुुहन्छ । कान्छा छोरा हरिप्रसाद पोखरेल वैदेशिक रोजगारीमा हुनुहुन्छ । छोरी विष्णु पेशाले शिक्षक रहनुभएको छ । स्व पोखरेलको आजनै शवयात्रा सहित सेती नदीमा अन्त्येष्टि गरिएको छ ।

Comments
Loading...