गण्डकीमा चुमानलाई अर्थ र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी

हिमाली आवाज । गण्डकी  प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको  । उहाँले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरुङलाई आज जिम्मेवारी तोक्नुभएको हो ।

नेकपा(माओवादी केन्द्र) संसदीय दलका नेता समेत रहनुभएका चुमानले आर्थिक मामिला मन्त्रालय र गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो ।

मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

बाँकी रहेका उद्योग पर्यटन वन तथा वातावरण, उर्जा जलस्रोत तथा खानेपानी,कृषि तथा भूमि व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्यमन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीलेनै राख्नुभएको छ ।

गत चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले सोही दिन चुमान र गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्सीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।

Comments
Loading...