चलचित्र मनसरा : मिश्रित समाजको कथा

हिमाली आवाज । मनसरा मिश्रित समाजको कथा भएको बताइएको छ । बैशाख २१ गते बाट रिलिज हुने सिनेमा मनसराको विषयमा जानकारी दिने उद्देश्यले चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्माण टीमले यस्तो बताएको हो ।

समाजमा भएका घट्नाहरुलाई आधार बनाएर सिनेमा निर्माण गरिएको निर्देशक एवम लेखक उपेन्द्र सुब्बाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“मनसरा मिश्रित समाजको कथा हो । सिनेमाका हरेक पात्रमा दर्शकले आफुलाई पाउनेछन ।”

सामाजिक विषयवस्तु आफ्नो रुचीको विषय भएकाले पनि सिनेमा मार्फत सामाजिक कथा प्रस्तुत गर्न खोजेको उहाँले बताउनुभयो । “सिनेमा छ्या भन्ने बनाएको छैन । पत्याउने सिनेमा बनेको छ । फरकधारको सिनेमा बनाउने प्रयास हो ।“ उहाँले भन्नुभयो ।

मनसरा धानको विशेषता मन परेर नै सिनेमाको कथा बनाइएको भनाई उनको छ । उपन्यास लेखन भन्दा सजिलो सिनेमा लेखन भएको उहाँले बताउनुभयो ।

अभिनेता प्रविन खतिवडाले मनसरा सोसल ड्रामा भएको बताउनुभयो । श्रमिक, परिवारबाट विछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।  समाजिक कथामा सिनेमा निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने सिनेमा बनाइएको भनाई उहाँको छ ।

नायिका मिरुना मगरले मनसरा समाजको रियल कथामा आधारित रहेको बताइउनुभयो । जारीमा दर्शकबाट पाएको माया स्वरुप मनसराको आफ्नो भुमिकालाई पनि दर्शकले रुचाउनेमा उहाँ आशावादी हुनुहुनछ ।

अभिनेत्री मेनुका प्रधान पनि मनसरा बाट आशावादी देखिनुभएको छ । सिनेमामा आफ्नो भुमिकालाई दर्शकले मन पराउनेमा उहाँ ढुक्क हुनुहुन्छ ।

कार्यकारी निर्माता सिजन दाहालले  सिनेमाको छायांकन काठमाडौं नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पांचथरको गाउँमा भएको जानकारी दिनुभयो । उहाँले गराउँदै उक्त गाउँका नागरिकहरु भाडामा बसेर खेती किसानी गर्छन । लकडाउनको समय देखि नै स्कृप्टको तयारी भएको र अहिले आएर सिनेमा निर्माण गर्ने समय जुरेको बताउनुभयो  ।

Comments
Loading...