पोखरामा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने

हिमाली आवाज । लेक सिटी ब्याडमिन्टन क्लब पोखरा महानगरपालिका वडा नं २९ को आयोजनामा यही वैशाख १४ र १५ गते चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुुने भएको छ ।

पोखरा महानगरपालिका वडा नं २९ को संरक्षकत्व एवम् मुख्य प्रायोजन रहेको प्रतियोगिता पोखरा महानगरपालिका वडा नं ३० स्थित भुुगोल पार्कको ब्याडमिन्टन हलमा सञ्चालन हुने आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष शरणकुमार प्रधानले जानकारी दिनुुभयो ।
प्रतियोगिता अन्तर्गत ए लेबल मेन्स डबल, सी लेबल मेन्स डबल, ५५ माथिको मेन्स डबल्स र उमेन्स डबल्समा करिब १२६ टिमको सहभागिता रहने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।

ए लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४१ हजार २२ हजार छ÷छ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक एवम् क्लबका उपाध्यक्ष रामबहादुर गुरुङले बताउनुुभयो । सी लेबल मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई ३५ हजार, १८ हजार र छ÷छ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

५५ माथिको मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, १६ हजार र छ÷छ हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । ५५ माथिको उमेन्स डबलका प्रथम, द्वितीय र तृतीय हुनेलाई २५ हजार, १५ हजार र पाँच÷पाँच हजार रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुुभयो ।

प्रतियोगिता सञ्चालनका लागि १२ लाख १५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र त्यसबाट मुनाफा हुने रकम ब्याडमिन्टन खेलको विकासका साथै सामाजिक काममा खर्च गरिने सचिव भविन पुनले जानकारी दिनुुभयो ।

साविक लेखनाथ नगरपालिकामा रहेका ब्याडमिन्टन खेलाडीहरूलाई एकतावद्ध बनाउँदै यस खेलको विकास गर्ने लक्ष्यका साथ २०७६ फागुन २२ गतेबाट संस्थागत रुपमा स्थापना भएको क्लबले विभिन्न समाजिक उत्तरदायित्वका कामहरू समेत गर्दै आएको छ । २०७६ सालदेखि राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियागिता सञ्चालन गरेको क्लबले त्यस यता हरेक वर्ष प्रतियोगिताहरू सञ्चालन गर्दै चौथो संस्करणको प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

Comments
Loading...